हामी नागरिक बन्न सकेनौँ
सबैले देश बिग्रियो–बिग्रियो भन्छन् । म पनि सप्रेको भन्दिनँ । तर, बिग्रेकै पनि होइन । त्यसमा मेरो आफ्नै अवधारणा छ । व्यक्तिगत रूपमा नेपालीले धेरै विकास गरेका छन् । त्यो कुन मानेमा भने, म पोखरा जाने वेलामा लाइनका लाइन पसल छन् । १०/१२ किलो सुनका सिक्री बेचिरहेका छन् । गल्लीगल्लीमा राम्रा–राम्रा पसल छन् । न्युरोडमा हेर्नुहोस्– आजभन्दा पाँच–दश वर्षपहिलासम्म पनि गुदपाक, सेकेन्डह्यान्ड घडी बेच्ने पसल भएको ठाउँमा अहिले झन्डै ८० वटा ज्वेलर्स पसल छन् । त्यहाँ गएर एउटा हीराको माला किन्नुभयो भने पाँचदेखि १० लाखसम्म पर्छ । पाँच–दश लाखको...