राष्ट्रिय समाचार

  • लाेकमानसिंह कार्कीको योग्यता- बर्खास्तको सिफारिसमा परेका थिए कार्की

    news

    काठमाडौं – अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल भएका कारण कार्कीलाई तत्कालीन सरकारले बर्खास्त गर्ने तयारी गरेको प्रमाण फेला पारेको छ ।

    राष्ट्रिय योजना आयोगको विशेष अधिकृत भएका बेला कार्की २०६४ साउन २८ गतेपछि ९० दिनभन्दा बढी गयल थिए । कारबाहीको फाइल प्रक्रियामै रहेका बेला उनले राजीनामा दिएका थिए । यी कागजातले उनलाई अख्तियारको प्रमुख आयुक्त बनाउने क्रममा संवैधानिक परिषदको बैठकले ‘उच्च नैतिक चरित्रयुक्त’ भनी गरेको सिफारिसमाथि प्रश्न खडा गरेको छ ।

    २०६२/६३ को जनआन्दोलनको सफलतापछि गठित सरकारले तत्कालीन मुख्यसचिव कार्कीलाई राष्ट्रिय योजना आयोगमा विशेष अधिकृत पद सिर्जना गरी सरुवा गरेको थियो । सरुवा भए पनि कार्कीले योजना आयोगको सचिवालयमा कामै गरेनन् । झन्डै १३ महिना शृंखलाबद्ध बिदाको खेलमा लागेका कार्की २०६४ साउन तेस्रो सातादेखि अचानक बेपत्ता भएको पुष्टि हुने कागजात फेला परेको हो ।

    २०६४ साउनपछि बिना कुनै सूचना कार्की गायब भएपछि सरकारले उनीमाथि कारबाही प्रक्रिया थालेको थियो । पाँच दिनको भैपरि बिदा र एक वर्षको असाधारण बिदासमेत अस्वीकृत भएको जनाउ दिँदै योजना आयोगको सचिवालयले २०६४ कात्तिक २० गते गोरखापत्रमा सार्वजनिक सूचना निकालेर कार्कीलाई कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो ।

    ‘बिदा स्वीकृत नभएको जानकारीपत्र समेत घर/ठेगानामा पठाउँदा नबुझी फिर्ता भई आएको हुँदा’ सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित मितिले बाटो म्यादबाहेक ७ दिनभित्र यस सचिवालयमा हाजिर हुन आउनुहोला । अन्यथा निजामती सेवा ऐन २०४९ अनुसार कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

आजको समाचार

जसलाई अभावले सताउँछ, उसले प्रगति गर्छ

हामी नागरिक बन्न सकेनौँ सबैले देश बिग्रियो–बिग्रियो भन्छन् । म पनि सप्रेको भन्दिनँ । तर, बिग्रेकै पनि होइन । त्यसमा मेरो आफ्नै अवधारणा छ । व्यक्तिगत रूपमा नेपालीले धेरै विकास गरेका छन् । त्यो कुन मानेमा भने, म पोखरा जाने वेलामा लाइनका लाइन पसल छन् । १०/१२ किलो सुनका सिक्री बेचिरहेका छन् । गल्लीगल्लीमा राम्रा–राम्रा पसल छन् । न्युरोडमा हेर्नुहोस्– आजभन्दा पाँच–दश वर्षपहिलासम्म पनि गुदपाक, सेकेन्डह्यान्ड घडी बेच्ने पसल भएको ठाउँमा अहिले झन्डै ८० वटा ज्वेलर्स पसल छन् । त्यहाँ गएर एउटा हीराको माला किन्नुभयो भने पाँचदेखि १० लाखसम्म पर्छ । पाँच–दश लाखको...

रेडियो हिमालय

हाम्रो बारेमा

रेडियो हिमालय डटकम काठमाडौँ बाट प्रसारण हुने नेपाली अनलाइन रेडियो हो । यसको प्रसारण सन् २०१४ बाट सुरु भएको हो । यो रेडियो,हिमालय फाउन्डेसन नामक सामाजिक ट्रस्ट ले संचालन तथा ब्यबस्थापन गर्छ ।रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो । भौगोलिक रुपमा नेपाल मा नभए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएका नेपाली हरुको दिल भित्रको नेपाल लाई जीवन्त राख्न , मातृभूमि र नेपालीको हितमा भएका सामाजिक काम हरुको प्रचार गर्न , नेपाली भाषा,साहित्य ,संगीत र सस्कृती लाई विश्वव्यापीकरण  गर्दै  बिदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्तामा हस्तान्तरण गर्न विभिन्न प्रकारका रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका छौ

संपर्क ठेगाना



हिमालय फाउन्डेसन, बागबजार ,काठमाडौँ
फोन नो : 9851041435
ईमेल : radiohimalaya14@gmail.com
वेब : www.radiohimalaya.com