राष्ट्रिय समाचार

  • निःशुल्क डायलासिस नाममात्रः रकम असुल्छन् अस्पताल

    news
    ११ मंसिर, काठमाडौं । सरकारले गरिबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निः शुल्क गर्ने निर्णय गरे पनि अस्तालहरुले दुईपटकभन्दा बढी डायलसिस गर्दा बिरामीबाट रकम शुल्क असुल्ने गरेका छन् ।
    नयाँ बिरामीले त चर्को शुल्क तिरेर निजी अस्पतालमा डायलासिस गर्नुपर्ने बाध्यता छ ।
    सरकारबाट सूचीकृत संस्थामध्ये भक्तपुरस्थित मनव अंग प्रतयारोपण केन्द्र र ललितपुरको सुमेरु अस्तालबाहेक बाँकी २१ वटा स्वास्थय संस्थाले सातमा दुईपटकभन्दा बढी डायलासिस गर्ने बिरामीबाट रकम असुल्दै आएका आजको अन्नपूर्णमा समाचार छ ।
    केपी शर्मा ओली सरकारले गत जेठ २२ गते प्रत्येक विपन्न बिरामीलाई दुई सय आठपटकसम्म सीमित निःशुल्क डायलासिसलाई आवश्यकताअनुसार आजीवन निः शुल्क दिने घोषणा गरेको थियो । मुलुककै सैभन्दा ठूलो वीर अस्पतालमै उक्त कार्यक्रम लागू भएको छैन ।

आजको समाचार

जसलाई अभावले सताउँछ, उसले प्रगति गर्छ

हामी नागरिक बन्न सकेनौँ सबैले देश बिग्रियो–बिग्रियो भन्छन् । म पनि सप्रेको भन्दिनँ । तर, बिग्रेकै पनि होइन । त्यसमा मेरो आफ्नै अवधारणा छ । व्यक्तिगत रूपमा नेपालीले धेरै विकास गरेका छन् । त्यो कुन मानेमा भने, म पोखरा जाने वेलामा लाइनका लाइन पसल छन् । १०/१२ किलो सुनका सिक्री बेचिरहेका छन् । गल्लीगल्लीमा राम्रा–राम्रा पसल छन् । न्युरोडमा हेर्नुहोस्– आजभन्दा पाँच–दश वर्षपहिलासम्म पनि गुदपाक, सेकेन्डह्यान्ड घडी बेच्ने पसल भएको ठाउँमा अहिले झन्डै ८० वटा ज्वेलर्स पसल छन् । त्यहाँ गएर एउटा हीराको माला किन्नुभयो भने पाँचदेखि १० लाखसम्म पर्छ । पाँच–दश लाखको...

रेडियो हिमालय

हाम्रो बारेमा

रेडियो हिमालय डटकम काठमाडौँ बाट प्रसारण हुने नेपाली अनलाइन रेडियो हो । यसको प्रसारण सन् २०१४ बाट सुरु भएको हो । यो रेडियो,हिमालय फाउन्डेसन नामक सामाजिक ट्रस्ट ले संचालन तथा ब्यबस्थापन गर्छ ।रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो । भौगोलिक रुपमा नेपाल मा नभए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएका नेपाली हरुको दिल भित्रको नेपाल लाई जीवन्त राख्न , मातृभूमि र नेपालीको हितमा भएका सामाजिक काम हरुको प्रचार गर्न , नेपाली भाषा,साहित्य ,संगीत र सस्कृती लाई विश्वव्यापीकरण  गर्दै  बिदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्तामा हस्तान्तरण गर्न विभिन्न प्रकारका रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका छौ

संपर्क ठेगाना



हिमालय फाउन्डेसन, बागबजार ,काठमाडौँ
फोन नो : 9851041435
ईमेल : radiohimalaya14@gmail.com
वेब : www.radiohimalaya.com